एमसीसी कार्यान्वयनबारे डोनाल्ड लु र परराष्ट्रमन्त्रीबीच छलफल

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे जानकारी लिनुभएको छ । परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार(आज) अपराह्न मन्त्रालयमा भएको भेटमा उहाँले एमसीसी कार्यान्वयनबारे बुझ्नुभएको हो ।

भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति भएपछि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगमा हुने बढोत्तरी र दुई मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले सहायकमन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभयो।

सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो । भेटका क्रममा उहाँले अमेरिकामा ठुलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्‍याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गर्नुभयो। लुले अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर