काठमाडौं। भारतमा गोलभेडाको मुल्य अत्यधिक महँगिएको छ । पछिल्ला केहि दिनदेखि जारी निरन्तरको वर्षासँगै ढुवानीमा समस्या हुँदा गोलभेँडाको मुल्यले आकाश छोएको हो ।
वर्षसँगै आएको बाढीपहिरोले उत्पादन र सप्लाई बन्द भएपछि गोलभेडाको मूल्य बढेको अधिकारीहरुले बताएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार भारतको चण्डीगढमा गोलभेडाको मूल्य प्रतिकिलो ३५० भारु ९नेरु ५६०० पुगेको छ।
यस्तै, दिल्लीमा २५० भारुमा गोलभेडा बिक्री भइरहेको छ भने देशका अन्य ठाउँमा पनि कम्तीमा १५० देखि २५० भारुसम्म बिक्री भइरहेको छ ।