सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा आज सुरक्षा निकायका पूर्वउच्च अधिकारीबिच शान्ति सुरक्षा सुदृढीकरणका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सुरक्षासहितका सरकारी कार्यालयभित्र हुने अवाञ्छित चलखेलको स्थितिबाट मुक्त राख्न आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘हाम्रो गृह मन्त्रालय अन्तर्गतको कर्मचारी प्रशासनमा हाम्रो नेपाल प्रहरीमा, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान वा अरुपनि सरकारका कर्मचारी संयन्त्रदेखि लिएर सबै ठाउँमा हामीले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरूलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? विधिको पालना, संस्थागत काममा, आफूलाई भ्रष्टाचार र अनियमितताबाट मुक्त गरी स्वच्छ कसरी बनाउने ? र जनमुखी अभिमुखीकरण कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ।’

उक्त विषयमाथि ध्यान नदिई जनताको पक्षमा सम्पन्न गर्ने काम त्यति प्रभावकारी हुन नसक्न उनको भनाई थियो। जनतालाई जनताको क्षेत्रमा, देशमा, समाजमा सुशासन स्थापित गर्ने र जनताको डेलिभरी सहजतापूर्वक छिटो उपलब्ध गराउने काम प्रभावकारी बनाउनतिर लाग्नुपर्ने बताए। मन्त्री श्रेष्ठले कर्मचारीको कार्यदक्षता प्रभावकारी नबनाई काम गर्न भनेर परिणामको मात्रै अपेक्षा गर्न नहुने बताए।

उनले नागरिकलाई छिटो र सहज रूपमा सरकारी सेवा लिन सक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताए। उनले आन्तरिक रूपमा सरकारी संगठनहरूलाई संस्थागत गरी सुदृढ बनाउने काम सरकारले गरिरहेको बताए। उनले मन्त्रालय विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरूलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर