घट्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा सोमबार आजबाट घटाएको छ ।

आइतबार सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेपछि त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २।१३ प्रतिशत भाडा घटाएको छ ।

यातायातको घटाएको भाडादर सोमबारदेखि नै लागू हुने यातायात ब्यवस्था विभागले जनाएको छ ।

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर