एमाले नेता यादव बैंकिङ कसुरमा पक्राउ

काठमाडौं । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

यादवलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक दिएका थिए । तर खातामा पैसा नभएपछि विजयबहादुर यादवविरुद्ध चेक बाउन्सको मुद्दा परेको थियो । मुद्दा दर्तापछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर