काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार ५० रुपैयाँ कायम छ। यस्तै, आज चाँदीको मूल्य ५ रूपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ४ सय ९५ रूपैयाँमा कारोवार भइरहेको छ।

