काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको सुन प्रकरणमा संलग्न रहेको आशंकामा चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बिहीबार राजश्व अनुसन्धान विभागले विमानस्थलबाट उनलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको छैन ।
योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । राजस्व अनुसन्धान विभागको टोलीले तस्करीमा संलग्न गिरोहले बा।२ ज २३२४ नम्बरको ट्याक्सीमा राखेर लैजान लागेको अवस्थामा बुधवार साँझ सुन बरामद गरेको थियो ।

