सेनाको संख्या घटाउन पर्छ भनेर बोलेको छैन : रवि लामिछाने

मोरङ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सेनाको संख्या घटाउन पर्छ भनेर आफूले कहीँ कतै नबोलेको बताएका छन्।

विराटनगर-११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको संख्या घटाउनु पर्छ भनेर संसद् तथा पार्टीका अन्य कार्यक्रममा पार्टीको सांसद तथा नेताले समेत बोलेका छैनन् भने।

उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट छ भने। सभापति लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए। उनले आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मंसिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर