प्रधानमन्त्री इटली गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री पूर्णबहादुर खडकालाई

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जिम्मेवारी खड्कालाई तोकेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी कार्यबाहक तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेशन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेकाले खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर