काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी अर्थमन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई दिएको छ ।
एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो ।
यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो । पोखरेल विदामा रहेको बेला २ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

