तनहुँको मादी नदीमा एक पुरुषको शव फेला

तनहुँ। तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा आज शनिबार एक पुरुषको शव फेला परेको छ। बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो।

अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर