एक क्विन्टल सुन तस्कर प्रकरणमा थप एक जना पक्राउ

काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित भियाना होटलबाट एक जनालाई पक्राउ गरेको छ।

विभागले भियाना होटलबाट आइतबार तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको हो। छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र भएको बुझिएको छ उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए।

स्रोतका अनुसार उनको नेपालका केही उच्च नेताहरुसँग राम्रो हिमचिम छ। पछिल्लो पटक सुन तस्करी गिरोहसँगसमेत छिरिङको सम्पर्क रहेको देखिएकोले पक्राउ गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर