प्रधानमन्त्री र ओलीबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बालुवाटारमा आज बिहान दुई नेताबीच भेट वार्ता भएको हो।

भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ। त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिइएको १०० किलो सुनको मालिक पक्राउ गर्न नसकेको भन्दै एमालेले गृहमन्त्रीको जवाफ माग गर्दै संघीय संसद्‍का दुवै सदन अवरोध गर्दै आएको छ।गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको थियो। प्रतिनिधिसभाको अर्को बैठक सोमबारलाई तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर