तालिवान सरकारले जलायो सांगितिक बाध्ययन्त्र

एजेन्सी । अफगानिस्तानमा तालीवान सरकारले सर्वसाधारणबाट सांगितिक बाध्ययन्त्रहरु जफत गरी जलाएको छ ।

बाध्ययन्त्रले नैतिक भ्रष्टाचार निम्त्याउने भन्दै तालीवानले देशका विभिन्न क्षेत्र र बिशेषगरी विवाहस्थलमा बजाउने गरिएका बाध्ययन्त्र जफत गरी जलाएको हो ।

दुई वर्ष अघि सत्ता कब्जा गरेपछि सार्वजनिक रुपमा गीत संगीत बजाउन रोक लगाएको तालिवान सरकारले बाध्ययन्त्रहरु जलाउँदा संगीत प्रेमीहरुले बिरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय