दक्षिण कोरिया र जापानमा गर्मीका कारण १५ जनाको मृत्यु

टोकियो। दक्षिण कोरिया र जापान चर्को गर्मीको लहरको चपेटामा परेका छन्। दक्षिण कोरियामा गर्मीका कारण १२ जनाको ज्यान गएको छ भने जापानमा विद्यालयबाट फर्कने क्रममा १३ वर्षीया बालिकाको गर्मीबाट मृत्यु भएको छ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले यो साता चर्को गर्मीका कारण ज्यान गुमाउनेमा ७० वर्षभन्दा माथिका पाँच जना किसान रहेको जनाएको छ। यसअघि गर्मीका कारण सात जनाको मृत्यु भइसकेको छ।

पछिल्लो अवस्थालाई ध्यानमा राख्दै मंगलबार देशका अधिकांश भागमा गर्मीको लहरको चेतावनी जारी गरिएको थियो। समाचार अनुसार जुलाई महिनामा तापक्रम ४० डिग्री पुगेपछि मानिसहरू निकै चिन्तित भएका थिए।

यस्तै मौसम जापानमा पनि छ। जसका कारण शुक्रबार १३ वर्षीया बालिकाको मृत्यु भएको थियो। मैनीचीको रिपोर्टका अनुसार उनी साइकलमा स्कूलबाट घर जाँदै थिइन्। त्यसपछि उनी बेहोस भइन् र फुटपाथमा लडेकी थिइन्। उनलाई अस्पताल लगिए पनि बचाउन सकिएन। अधिकारीहरूले बालिकाको मृत्यु हीटस्ट्रोकका कारण भएको दाबी गरेका थिए।

योसँगै टोकियोमा एक वृद्ध दम्पती आफ्नै घरमा मृत फेला परेपछि शुक्रबारदेखि मृत्यु हुनेको संख्या तीन पुगेको छ। सहरको तापक्रम ३५ दशमलव ७ डिग्री पुगेका र वातानुकूलित नभएकाले उनीहरूको हीटस्ट्रोकबाट मृत्यु भएको प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय