काठमाडौं। डा सिके रावतले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ। बैठक केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा प्रशिक्षण तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने भएको छ। भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ। उक्त बैठकमा वडाअध्यक्ष/नगर प्रमुख/उपप्रमुख/गाउँपालिका अध्यक्ष/उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा यादवले बताए।

