‘ललिता निवास प्रकरणमा जोडिएका दुई पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धानका लागि किन पक्राउ गरिएन ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा जोडिएका दुई पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धानका लागि किन पक्राउ नगरिएको भन्दै प्रश्न उठाएका छन् ।

आज बसेको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले ललिता निवास प्रकरणमा पूर्वसचिव शारदाप्रसाद त्रिताल आयोगले सो प्रकरणमा राजनीति र प्रशासनमा रहेका धेरै जना जोडिएको प्रस्ट देखाएको बताए ।

धमाधम कर्मचारी पक्राउ गर्ने तर त्यो निर्णय प्रक्रियामा सामेल दुई पूर्व प्रधानमन्त्रीहरू भने किन पक्राउ नपरेको भन्दै प्रश्न उठाए ।

प्रतिक्रिया

सम्बन्धित खवर