अनुशासनको कमी काँग्रेसको कमजोरी बनेको छ : अर्थमन्त्री डा. महत

काठमाडौं। अर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अनुशासनको कमी काँग्रेसको कमजोरी भएको उल्लेख गरेका छन्।

वीरगञ्जमा काँग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, ‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ। तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ। सामाजिक सञ्जालमा प्रचार गर्ने होइन।’ सामाजिक सञ्जाल उपयोग गरेर एक अर्कामा गालीगलौज गर्नु भनेको काँग्रेसमा सबै खराब रहेछन् भन्ने सन्देश जानु हो भन्दै उनले खराब सन्देश प्रवाह भयो भने काँग्रेसको जनमत नबढ्ने बताए।

प्रवक्ता डा महतले काँग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कैरूपमा प्रस्तुत हुने सम्भावना टरेको बताए। उनले भने, ‘केन्द्रीय समितिको बैठकमा यथार्थ जे थियो, त्यो बाहिर आयो। यसले भ्रम समाप्त पारेको छ। तर काँग्रेस बैठक सधैँ लाइभ हुँदैन। हामी धेरै कर्मकाण्डी भएका छौं, सिधै विषयवस्तुमा प्रवेश गर्नुपर्छ। बुँदागतरूपमा छलफल गर्ने, निष्कर्ष निकाल्ने, त्यो निष्कर्षलाई जनताबीचमा लिएर जानुपर्छ।’

नीति, सिद्धान्त र इतिहास बोकेको पार्टी काँग्रेस मात्र भएको स्पष्ट पार्दै नेता डा महतले काम गर्ने पार्टी भनेकै काँग्रेस भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर