प्रचण्डको भारत भ्रमणमा सत्तास्वार्थ मात्रै भएको ओलीको दाबी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् ।

ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा राष्ट्रिय स्वार्थप्रधान नभई सत्तास्वार्थ मात्रै भएको दाबी गरे ।

पार्टीको परराष्ट्र मामिला विभागले आज शनिबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तराष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धि नेकपा (एमाले)को धारणा’ विषयक विचार गोष्ठीमा उनले नेपाली आवश्यक्ता, नेपाली हित, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुरामा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा धेरै कमजोरीे देखाएको जिकिर गरे ।

ओलीले ईपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री प्रचण्डले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको बताए । उनले राष्ट्रिय हितलाई सर्वोपरी राखेर मात्रै परराष्ट्र नीति तय गर्न आफूहरु सदैव तयार रहेको र रहिरहने अडान समेत राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर