कञ्चनपुरमा चक्कु प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गएराति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन्।

प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ। “प्रारम्भिक अनुसन्धानबाट घरायसी बिबादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ”, प्रहरी निरीक्षक साउँदले भने–“घटनाबारे थप अनुसन्धान भइरहेको छ।” चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।रासस

प्रतिक्रिया

सम्बन्धित खवर