प्रतिनिधिसभाको बैठक बस्दै, चल्ने नचल्ने एमालेको हातमा

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ। सोमबारको बैठक नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्वमा परेको जानकारी सभामुख देवराज घिमिरेले गराउने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।

बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन्।

यस्तै, बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर