काठमाडौं। गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । खोटाङ, अछाम र जाजरकोटमा सिडियो हेरफेर गरेको हो।
खोटाङमा सहसचिव सन्तबहादुर सुनुवारलाई जिम्मेवारी दिइएको छ। खोटाङमा सिडिओ रहेका भोराज खतिवडामाथि भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए।
त्यस्तै, अछाममा शरदकुमार पोखरेललाई पठाइएको छ। उनी मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। जाजरकोटमा उपसचिव सुरेश सुनुवारलाई सिडिओमा खटाइएको छ। सुनार गृह मन्त्रालयमा कार्यरत थिए।

