एमालेको अवरोधका कारण आज पनि राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं। नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक आज पनि स्थगित भएको छ। बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए।

बैठकको सुरुमै बोल्दै एमालेकी सांसद दिलकुमारी रावल थापा (पार्वती) ले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन गर्न उच्चस्तरीय समिति गठन नगरेसम्म आफ्नो पार्टीले सदन चल्न नदिने अडान राखेकी थिइन्। यही विषयलाई लिएर एमालेले संसद अवरोध गर्दै आइरहेको छ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटकपटक एमाले सांसदहरुलाई बसेर बैठकको कारबाही अघि बढाउन आग्रह गरे। राष्ट्रियसभा बैठक आगामी साउन २४ गते बुधबारसम्मका लागि स्थगित गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर