घट्यो आज सुनचाँदीको मूल्य

काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ कायम रहेको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो। यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर