पोखरीमा डुबेर एकैघरका दाजुभाईको मृत्यु

काठमाडौं। कपिलवस्तुमा पोखरीमा डुबेर एकैघरका २ दाजुभाईको मृत्यु भएकोे छ।कृष्णनगर नगरपालिका –५ बगहीमा पोखरीमा डुबेर उनिहरुको मृत्यु भएको हो।

हिजो साँझदेखि हराएका ७ बर्षिय साजन यादव र ५ बर्षका राजन यादवको आज बिहान नजिकैको पोखरीमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीलाई घरबाट हराएको भनी राती ९ बजे जानकारी भए पनि दुवै दाजुभाइको शव आज बिहान मात्र भेटिएको प्रहरी नायव उपरिक्षक मीन बहादुर घलले बताउनुभयो।

माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको थियो।दुवै जनाको शवलाई बहादुरगंज स्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर