नेप्से परिसूचक आज सामान्य अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढको छ । बुधबार ४१ अंकले बढेको सेयर आज ५.१३ अंकले बढेर २०६६.०५ को बिन्दुमा पुगेको छ ।

आज २६९ धितोपत्रको ५५ लाख तीन हजार २१ कित्ता सेयर दुई अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले बढेर ३९४.१५ बिन्दुमा पुगेको छ ।

आज १३ वटा उपसमूहमध्ये आठवटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ भने पाँचवटा उपसमूहको समूहगत सूचक घटेको छ ।

आज होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । उक्त उपसमूहको सूमहगत सूचक सर्वाधिक २.६७ प्रतिशतले बढेको छ । यस्तै, फाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक ०.३९ प्रतिशतले घटेको छ ।

आज अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.०९ प्रतिशतले बढेर प्रतिकित्ता ७८० रुपैयाँ कायम भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.५३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर