राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास हुन्छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास हुने बताएका छन्। पार्टी मुख्यालयमा आज आयोजित एक कार्यक्रममा उनले राष्ट्रिय एकताबाट देश अगाडि बढ्ने र समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने बताए।

उनले हाम्रो देश विविधतामा आधारित रहेको र त्यही विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता आवश्यक रहेको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली भनेको सबै धर्म, जाति, संस्कृतिका सबै भूगोलमा बस्ने सबै व्यवसायमा बस्ने जनताको कुरा हो,’ अध्यक्ष ओलीले भने।

उनले मुलुकमा आदिवासी, मधेसी, पहाडी, हिमाली जुनसुकै पूर्व-पश्चिम उत्तर-दक्षिण क्षेत्रका भए पनि सबैले अधिकार र विकास पाउनुपर्ने भनाइ राखे। अध्यक्ष ओलीले एउटै देशका भू-भाग र जनतामा कोही धनी र कोही खान लगाउन नपाउने जस्तो स्थितिको अन्त्य हुनुपर्ने भनाइ राखे।

प्रतिक्रिया

सम्बन्धित खवर