प्रतिनिधिसभाको बैठक पनि स्थगित

काठमाडौं। नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि आज बसेको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले साउन २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

बैठकको सुरुमा एमाले सांसदहरू विरोधमा उभिएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए। साहलाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरू पनि उभिएर बैठक अवरुद्ध पारे। उनीहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर