नर्सिङ क्षेत्रमा देखिएको समस्या समाधान गर्न संकल्पसहित सरकार अगाडि बढेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको नर्सिङ क्षेत्रमा देखिएको समस्या समाधान गर्न संकल्पसहित सरकार अगाडि बढेको बताएका छन् ।
आज स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । नर्सिङ क्षेत्रमा देखिएको समस्या आफूले अग्निपरीक्षाको रूपमा लिएको भन्दै उनले नीतिगत सुधार गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

‘नर्सिङ क्षेत्रमा जुन समस्या देखिएको छ, त्यसलाई अग्निपरीक्षाका रूपमा लिएको छु । नीतिगत सुधार गरी नर्सिङ सेवामा देखिएका समस्या समाधान गर्ने संकल्प गरेको छु’, उनले भने ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले सीमावर्ती क्षेत्रका नर्सहरू अर्को देशमा गएर पढ्ने, तालिम लिने र उतै पलायन हुने समस्याले स्वास्थ्य मन्त्रालय, सरकारमाथि ठुलो प्रश्न उठेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर