काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सुनको भाउ आजकै जति रहेको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ। यसअघि शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९१४.४७ डलरमा कारोबार भइरहेको छ।

