जनमतलाई सहभागी गराउन मन्त्री मोदीलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको हो।

माओवादी केन्द्रले त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय पनि गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनमत पार्टीलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्।

मन्त्री मोदीको ठाउँमा अब जनमत पार्टीकी अनितादेवी साह मन्त्री बन्ने भएकी छन्। यसअघि जनमत पार्टीले साहलाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड समक्ष सिफारिस गरिसकेको छ। सोही विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आइतबार बालुवाटारमा पार्टी पदाधिकारी बैठक बोलाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर