नेपाल अत्यन्तै गौरवपूर्ण रहेको ओलीको भनाइ

भक्तपुर। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमाझ गौरवपूर्ण पहिचान बनाउन सकेको नेपालको धार्मिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउन युवा वर्ग लाग्नुपर्ने बताएका छन्।

पत्नी राधिका शाक्यसहित सूर्यविनायक नगरपालिका-८ स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको भ्रमण, अवलोकन, पूजा एवं आरती गर्न आएका अध्यक्ष ओलीले धार्मिक पर्यटकीय गन्तव्य भक्तपुरको विकासको आधार भएको उल्लेख गरे।

‘हाम्रो गौरवपूर्ण धर्म, संस्कृति, परम्परा, सम्झिएर विश्वका नागरिक नेपाल घुम्न आउँछन्, पूजा दर्शन गर्न आउँछन्, हामी पनि हाम्रा परम्परागत कार्य गर्छौं, सांस्कृतिक, संस्कार गर्ने कार्यमा सरिक हुन्छौं,’ उनले भने, ‘यस्ता धर्म, चाडबाडले हाम्रो देशको महिमा विश्वमा बढाएको छ, धेरै विकसित देशमा यस्ता संस्कृति परम्परा छैनन्, सनातन धर्म भन्ने नै छैन, त्यसैले हाम्रो देश अत्यन्तै गौरवपूर्ण छ।’

यही साउन १ गतेदेखि सुरु भएको यहाँको मेलामा स्वदेश तथा विदेशबाट आउने दर्शनार्थीको उल्लेख्य उपस्थितिले धार्मिक महत्त्व बढाइरहेको उल्लेख गर्दै उनले मन्दिरको पुनर्निर्माण सुरुदेखि नै आफूले सहयोग गर्दै आएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर