मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि सकारात्मक धारणा बन्न सकेन : अर्थमन्त्री

ललितपुर। अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन्। आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गरे।

‘अहिले अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख छ। हामीलाई सकारात्मक दिशातर्फ जानु छ र जान सकिन्छ भन्ने धारणा हुनुपर्ने हो। तर सबैतिरबाट नकारात्मक मात्रै सोच राख्ने प्रवृत्ति देखियो,’ निजी क्षेत्रतर्फ इंगित गर्दै अर्थमन्त्री डा महतले भने, ‘अर्थतन्त्र सुधारका लागि प्रयास भइरहेका छन् र सकारात्मक नतिजा पनि देखिँदै गएको छ।’

कोभिड-१९ महामारी र रुस-युक्रेन युद्धको असरपछि असरलगायतका कारण अर्थतन्त्र समस्यामा परेको भए पनि सुधारका लागि सबै क्षेत्रबाट सकारात्मक धारणा बन्दै जानुपर्ने र यसो हुन सके मात्रै अपेक्षित लगानी आउन सक्ने अर्थमन्त्री महतको भनाइ छ। निजी क्षेत्रका छाता संस्था र तिनका पदाधिकारीले अर्थतन्त्रको अवस्थाबारे समान धारणा बनाउन आवश्यक रहेको भन्दै यसका लागि सुझाव दिए।

प्रतिक्रिया

सम्बन्धित खवर