काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ। पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बोलाइएको हो।
बैठकमा एमालेले संसदमा जारी राखेको गतिरोध, सुन प्रकरण, विभिन्न भ्रष्टाचारका फाइलहरू, सरकारको काम-कारबाही, राजनीतिक समीक्षा र गठबन्धन दलहरूबीच देखिएको अविश्वासलगायत विषयमा छलफल भइरहेको बुझिएको छ। बैठकले उक्त मुद्दामा साझा धारणा बनाउन सहमति जुटाइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सोमबार बसेको बैठकले आपसी अविश्वासलाई हल गर्दै वर्तमान गठबन्धन कायमै राख्ने निर्णय गरेको थियो। आजको बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी छन्।

