चितवन। चितवनको टिकौली जंगलमा बुधबार भयानक सवारी दुर्घटना भएको छ। अक्स्फोर्ड कलेजको बस, शव बोकेको बलेरो, स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
आज दिउँसो करिब ११ः४० बजे भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले बिपरित दिशाबाट शव बोकी देवघाटतर्फ जाँदै गरेको ना २ च ८४४६ नम्बरको बलेरोलाई ठक्कर दिई बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ नम्रबका मोटरसाइकलहरु, बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नम्बरको स्कुटरहरुलाई एकैचोटी ठक्कर दिएको थियो। चितवन प्रहरीका अनुसार २० जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भिर रहेको छ।उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।घाइते ५ जनाको भरतपुर अस्पताल, ७ जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनामा खैरहनी-४ का कृष्णबहादुर तामाङ, खैरहनी–१का जितबहादुर तामाङ, रत्ननगर-१४ का कुसुमबहादुर राना, रत्ननगर-१४ का सुरेश श्रेष्ठ, रत्ननगर-९ का किशोर तामाङ, रत्ननगर-१४ का डोलबहादुर कार्की र मकवानपुर हेटौंडा-१४ का महोन तामाङ गम्भीर घाइते भएका डिएसपी विजयराज पण्डितले बताए।
रत्ननगर-१४ का पुर लामा, रत्ननगर-१४ कै बुद्रिराम तामाङ, रत्ननगर-१६ का रेशम पोखरेल, रत्ननगर-१६ दिलबहादुर घिसिङ र काठमाडौंको गोकर्णेश्वर-४ की तारा श्रेष्ठको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
शव बोकेको बलेरो गाडीमा सवार नवलपुरको गैंडाकोट-८ का लोकराज लामाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बा.प्र.०३-००६ प ९९८१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर-१४ बस्ने ३३ वर्षका शंकर परियार, सोही मोटरसाइकलमा पछाडि बसेका रत्ननगर-१४ कै दिवेश शाक्य, बोलेरो गाडीमा सवार रत्ननगर-१४ का आइतराम कामी, २६ वर्षका पुष्प तामाङ, ३८ वर्षका कृष्ण लामा, रत्ननगर-३ का गोपाल तामाङ र जीवन लामाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले अक्स्फोर्ड कलेजका चालक नवलपुर गैडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियारलाई नियन्त्रणमा लिएको छ।

