स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

तुलसीपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताएकी छन्। दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उनले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान दिनुपर्छ भनिन्।

उनले भनिन्, ‘आन्तरिक आय बढेमा संघीय , प्रदेश सरकारसँग धेरै सहयोग लिइरहनु पर्दैन।’ उनले यस्ता उद्यान आम्दानीको स्रोत बन्न सक्ने जनाउँदै व्यवस्थित बनाएर व्यावसायिक रुपमा अगाडि बढाएमा आन्तरिक आम्दानी पनि बढ्ने बताइन्।

उद्यानबाट धेरै स्थानीय तहले राम्रो आम्दानी गरिरहेको जनाउँदै यस तर्फ सबै स्थानीय तहले ध्यान दिनुपर्ने उनको भनाइ थियो। उनले उद्यानलाई पर्यटकीयस्थल तथा विद्यार्थीको सिकाइ थलोका रुपमा पनि अगाडि बढाउन सकिने बताइन्। उक्त उद्यान लमही नगरपालिका-५ बसपार्कदेखि उत्तरतर्फ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर