काठमाडौं। शेयर बजार साताको अन्तिम दिन आज सामान्य अंकले सकारात्मक रह्यो। उतार चढावबीच बजार परिसूचक नेप्से ८ अंकले उकालो लागेर २ हजार ३३ कायमभयो। लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक बाँकी समूहमा हरियाली छायो।
बुधबारको तुलनमा आज कारोबार रकम भने घटेको छ। आज १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३ सय ९८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

