चीनको प्राकृतिक ग्यास उत्पादन जुलाईमा ७.६ प्रतिशतले बढ्यो

एजेन्सी। चीनको प्राकृतिक ग्यास उत्पादनमा जुलाई महिनामा तीव्र वृद्धि भएको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ।

यहाँ गत महिना १८.४ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ७.६ प्रतिशतले बढी हो। वृद्धि दर जुनको तुलनामा २.१ प्रतिशत अंकले बढी थियो।

ब्युरोका अनुसार देशले गत महिना १ करोड ३१ लाख टन प्राकृतिक ग्यास आयात गरेको थियो। जनवरीदेखि जुलाईसम्म चीनको प्राकृतिक ग्यास उत्पादन वार्षिक रूपमा ५.७ प्रतिशतले बढेर १३४ अर्ब घनमिटर पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय