काठमाडौं। पत्रकार, लेखक एवम पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ। उनको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा निधन भएको हो। पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित थिए।
विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिनुभएका आचार्यले लामो समय पत्रकारिता गरेका थिए। उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिए। उनका श्रीमति, तीन छोरा र दुई छोरी छन्।

