एजेन्सी। भारतको लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खसेको छ। खोंचमा खस्दा ९ जना सैनिकको ज्यान गएको छ भने १ जना घाइते भएका छन्।
लेहबाट सैनिकहरुलाई न्योमातर्फ लिएर गएको गाडी क्यारी शहरबाट सात किलोमिटर पर खोंचमा खसेर दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। १० जना सवार गाडीमा रहेका ९ जनाको मृत्यु भएको हो।