राष्ट्रपति पौडेल र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटमा संसद्को अवरोध हटाउने विषयमा छलफल भएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । यस्तै भेटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

सिग्देलका अनुसार देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने र जनतालाई न्यायको अनुभूति दिलाउन चाल्नुपर्ने आवश्यक कदमका विषयमा उनीहरुबीच छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर