काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि कार्यभार सम्हाल्ने छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । प्रधानन्यायाधीश श्रेष्ठले मंगलबार कार्यालय खुलेपछि औपचारिक रुपमा कार्यभार सम्हाल्ने भएका हुन् ।
गत साउन २० गते तत्कालिन प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा गएपछि श्रेष्ठले कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै आएका थिए ।

