नेकपा एसको केन्द्रिय कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक आगामी ७ गतेसम्म बस्नेछ । बैठक ललितपुरस्थित बालकुमारीमा अहिलेकेहिबेरदेखि सुरु हुनेछ ।

बैठकमा समसामयिक राजनीति, पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने बताइएको छ ।

बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै संगठनको पुनः गठन, पार्टीको भुमिकालाई सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकमा पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर