काठमाडौं । राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको छ ।

