काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले झापाको गिरीबन्धु टी स्टेटको जग्गामा भएको भ्रष्टाचारबारे छानबिन गर्न माग गरेका छन् ।
आज बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा खतिवडाले गिरीबन्धु टी स्टेटको भ्रष्टाचार ललिता निवास जग्गा प्रकरण भन्दा खतरनाक रहेको पनि बताए ।
“पाँचसय बिघा रोपनीमा कन्भर्ट गर्दा ६५ सय रोपनी जग्गा कौडीको भाउमा दिएर देशको सम्पत्ति ब्रह्नलुट गर्ने काम भएको छ । यसमा सरकार चनाखो हुनुपर्छ । २०११ सालमा जग्गा हदबन्दी गरिदा उद्योग धन्दाका निम्ति कम्पनी अन्तर्गत राख्न छुट दिने नीति सरकारले लिएको थियो ।
२०२९ सालमा गिरी बन्धु टि स्टेटको नामा पाँचसय बिघा जग्गा कायम भएको थियो । उक्त जग्गालाई सहरीकरणको नाउँमा जग्गालाई कम मूल्यमा बेच्ने र कम मूल्यका जग्गामा सट्टाभर्ना गर्ने काम भएको छ,” उनले भने ।

