५ महिनामा १४ लाख ४६ हजार ४५९ पशुमा लम्पी स्कीन : कृषिमन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपंक्षी मन्त्री डाक्टर वेदूराम भुसालले ५ महिना अवधीमा १४ लाख ४६ हजार ४ सय ५९ पशुमा लम्पी स्कीन रोग लागेको संसदलाई जानकारी गराएका छन् ।

आज बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री भुसालले त्यसरी लम्पी स्कीनले बिरामी भएका पशुहरु मध्ये १२ लाख ८८ हजार ७ सय ५९ निको भएको ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको जानकारी गराएका छन् ।

अहिले बिरामी अवस्थामा १ लाख ५ हजार २ सय ५३ पशु रहेको र यो रोग रोगथामका लागि सरकारले सक्दो प्रयास गरिरहेको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर