काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा शुरु भएको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकाा हुन्।
उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भत्र्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गरे। उनले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भत्र्सनामा उत्रिनेहरु आएको उल्लेख गरे।
उनले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाए। उनले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भापना टुटेको उल्लेख गरे। राजनीतिमा अहिले घृणित संस्कृति हामी भइरहेको बताए।

