काठमाडौँ । शनिबार निधन भएका कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमा केही घण्टा राखिएको थियो ।
ताम्राकारको पार्थिव शरीरलाई कलाकार, आफन्त र शुभेच्छुकले लगायत थुप्रैले श्रद्धाञ्जली दिए ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकार संघको झण्डा ओढाएर उनलाई श्रद्धाञ्जली दिए । ताम्राकारको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, दीपकराज गिरी, दीपाश्री निरौला, केपी पाठक, नीर शाह, रवि गिरी, वसुन्धरा भुसाल लगायत थुप्रै कलाकर्मी पशुपति पुगेका थिए ।

