कास्कीमा जिप दुर्घटना हुँदा नौजना घाइते

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । माछापुच्छ्रेको इदिखोलाबाट पोखरा आउने क्रममा बलेरो जिप मर्दीपुलनजिकै दुर्घटनामा परेको हो ।

घाइतेमध्ये दुईजनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । अन्य सात जना सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

जिप बाटोबाट करिब १५ मिटर तल खसेर रुखमा अल्झिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर