एमसीसीका उपाध्यक्ष क्यामरन तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगे

काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका छन् । एमसीसी कार्यान्वयनको औपचारिक घोषणा हुने कार्यक्रममा सहभागी हुन अलफोर्ड काठमाडौं आएका हुन् ।

नेपाल भ्रमणमा रहँदा अलफोर्डले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रमको भ्रमण गर्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका नेताहरूलाई भेटघाट गर्ने कार्यक्रम छ ।

उनी भदौ १५ गते स्वदेश फर्किने बताइएको छ । मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी बुधबारदेखि कार्यान्वयन हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर